कोरोना: मलेसियामा हालसम्म ७ हजारबढी संक्रमित हुदा ६ हजारबढी निको भए

everest kitchen

 

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १०३ जना रहेकाे छ । गएकाे शनिबार देखि शुक्रबारसम्म मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ७३२ जनामा संक्रमण रहेकाेमा ६ हजार २३५ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ६२ हजार ३९१ रहेकाे छ भने संक्रमितको सङ्ख्या ५९ लाख २२ हजार ९३० जनामा संक्रमण रहेकाे छ । २५ लाख ९२ हजार ७५० जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ५ जनाकाे मृत्यु भएकाे पुष्टि भएको छ । त्यस्तै १ हजार ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १८७ जना डिस्चार्ज भएका छन ।