नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित १ हजार २ सय नाघे, ६ को मृत्यु 

everest kitchen

 

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप १७० जनामा काेराेना पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शुक्रबार १७० जना संक्रमित थपिएका हुन्। उनका अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार २१२ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । हालसम्म २०६ जना निको भएका छन्।