कर्णाली प्रदेश विनियोजन विधेयक कोरोना विशेष

everest kitchen

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रम प्रायः पुरानै छन्। तर कोरोना महामारीसँग सम्बन्धित विषयलाई जोडेर अधिकांश स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम परिमार्जित गरिएका छन्।

कोभिड–१९ को प्रभावबाट शिथिल बन्न पुगेको आर्थिक गतिविधि र सुस्त बनेको विकासलाई गतिशिलता दिने, संघीय सरकारकाले अबलम्बन गरेको नीति अनुसार कोरोना भाइरसको प्रभाव रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउने, स्वास्थ्य क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि गर्ने तर्फ नीति तथा कार्यक्रम लक्षित छ।
‘स्वास्थ्य, शिक्षा, उत्पादन र आपूर्तिः रोजगारी, आजीविका, पूर्वाधार र समृद्धि’ भन्ने मुल नारासहित नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।