आगामी जुन ६ देखि मलेसियाका घरफिर्ती केन्द्रमा रहेका विदेशीहरु स्वदेश फर्कन पाउने

everest kitchen
फाेटाे: द स्टार

ऐजेन्सी । मलेसियाले आगामी जुन ६ तारिख देखि अबैधानिक हैसियतका विदेशीहरुलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ ।

सुरुमा ६ जुनदेखि ईन्डाेनेसियाली नागरिकलाई घरफिर्ती सरु गरिने र अन्य देशका नागरिकलाई पनि लगत्तै घरफिर्ती सुरु गर्ने गरि कार्य अगाडि बढेको भन्दै स्थानीय सञ्चारमाध्यमले अध्यागमन प्रमुखलाई उल्लेख गर्दै अङ्ग्रेजी पत्रिका “द स्टार” ले समाचार लेखेको छ ।

समाचार अनुसार कोराेना परीक्षण गर्ने र परीक्षणमा संक्रमण नदेखिएकाहरुलाई स्वदेश फर्काउन सुरु गरिने उल्लेख गरिएकाे छ । हाल मलेसियाको घरफिर्ती केन्द्रमा सबैभन्दा बढि ईन्डाेनेसियाली नागरिकहरू रहेका छन ।

हाल मलेसियाका बिभिन्न घर फिर्ति केन्द्रमा राखिएका २ सय ४६ जना नेपाली तथा २ हजार ४ सय ७६ बंगलादेशी नागरिकलाई घरफिर्ता पठाईने मलेसियाले जनाएको छ ।

मलेसिया सरकारले मलेसियाकाे बिभिन्न जेलमा रहेका अबैधानिक हैसियतका आफ्ना नागरिक घर फिर्ता लैजान बिभिन्न देशका सरकारलाई अाग्रह गरेको छ । जसअनुसार नेपाल , ईन्डाेनेसिया, बंगलादेश राजि भएकाे मलेसिया सरकारले जनाएको छ ।