क्वारेन्टाइनमा बसेका एक पुरुषले गरे आत्महत्या

everest kitchen

 

गुल्मी । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक पुरुषले आत्महत्या गरेका छन्। गुल्मी छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका चन्द्रबहादुर परियारले शनिबार साँझ आत्महत्या गरेका हुन्।

साेहि वाडाकाे आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका परियार साँझ खाना खाने समयमा शौच गर्न भनी निस्केका उनी नजिकै रहेको रुखमा दाेपटाले पासो लगाई झुन्डिएर उनले आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताए ।

शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएकाे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।