काङ्ग्रेसले संबिधान संशोधनको पक्षमा मतदान गर्ने

everest kitchen


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बुधबार संसदमा पेश गर्ने तयारी भएको संशोधन विधेयक कांग्रेसले समय मागेको भन्दै बुधबार संसदको कार्यसूचीमा राखिएको थिएन ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिले सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट भएको बताएको छ ।