सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमण पुष्टि

everest kitchen

सल्यान । सल्यानमा पहिलो पटक एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सल्यानकाे बन्गाड कुपिन्डे नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका उनीहरूमा काेारेना देखिएकाे हाे ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको पिसिआर विधिवाट गरिएको परीक्षणमा बन्गाड नगरपालिकाको वडा नं.  १ मा १९,२०,४० र ४७ बर्षीय पुरुष, वडा नं. २ मा १९ वर्षीय १ पुरुष, वडा नं. ३ मा १७,२७,२७ र ३८ वर्षीय पुरुष, वडा नं. ४ मा १८,३३ र ४४ वर्षीय पुरुष र वडा नं. ६ का ११,१६,१८,१९,२०,२१,२१,२१२५,२८,३० र ३६ वर्षीय र वडा नं. ७ मा ३८ वर्षीय १ पुरुषमा संक्रमण फेला परेको हो। उनीहरु सबै छिमेकी देश भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन ।

योसँगै कर्णाली प्रदेशमा बाजुरा, दैलेख, कालिकोट गरे जम्मा संक्रमित संख्या १२३ पुगेको छ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएको छ ।