जेठ ३२ गतेसम्म लकडाउन जारी

everest kitchen

काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारले लकडाउन १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए।यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म जारि थियो ।

मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय सीमा नाकाहरू असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि गरेको छ।