कोरोना : यो हप्ताभरि मलेसियामा मर्नेको सङ्ख्या शुन्य, नयाँ संक्रमित ५७ जना

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ५७ जना रहेकाे छ । याे हप्ताभरि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ८१ जनामा संक्रमण रहेकाेमा ६ हजार ३५३ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ७१ हजार २८२ रहेकाे छ भने संक्रमितको सङ्ख्या ६१ लाख ७६ हजार २४२ जनामा संक्रमण रहेकाे छ । २७ लाख ४५ हजार जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ६ जनाकाे मृत्यु भएकाे पुष्टि भएको छ । त्यस्तै १ हजार ४०१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २१९ जना डिस्चार्ज भएका छन ।