कोरोना: २ बर्षे बालिकासहित थप दुई जनाको मृत्यु, नयाँ संक्रमितको उच्च बृद्धि

everest kitchen

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई बर्षिया बालिका सहित प दुईजनाको मृत्यु  भएको मन्त्रालयले जनाएको हो ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो ।

संक्रमितमध्येबाट हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।