भारतबाट आएका मजदुर बोकेको गाडी दुर्घटना हुदा १२ जनाको मृत्यु

everest kitchen


काँके । बाँकेमा मिनि बस” हाईस” दुर्घटना हुदा १२ जनाकाे मृत्यु भएकाे छ । बाँकेबाट सल्यान जाँदै गर्दा आइतबार मध्यराती पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-२ ठुरियामा उक्त दुर्घटना भएको हाे ।

भारतबाट आएका मजदुरलाई दाङ हुँदै सल्यानतर्फ लैजान हिँडेको ना. ५ ख ५९९५ नम्बरको हाईस बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थित ठोरिया जंगलमा बिग्रिएर राेकि राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा टाेक्किदा उक्त दुर्घटना भएको प्रदेश नं. ५ का प्रहरी प्रवक्ता राजकुमार बैदारले जानकारी दिए।

उनका अनुसार हालसम्म १२”जनाकाे ज्यान गएकाे र ११ जना घाइते भएका छन । मृतक मध्ये ११ जना पुरुष र एकजना महिला रहेका छन । २१ घाइते मध्ये ५ जनाकाे अवस्था गम्भीर रहेकाे बताएको छ।

मृतकहरूको हालसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा राखिएको छ।