क्वारेन्टाइनमा खाना नपाएपछि गाउँपालिका घेराउ

everest kitchen

दैलेख । दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन्।

भारतबाट आएका करीब १०० जना जना सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन्।

क्वारेन्टिनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन गर्न नपाएको र बस्न पनि राम्रोसँग नपाएकाले  नाराबाजीसहित गाउँपालिका घेर्नुपरेको  बताए।

गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले  खानबस्न राम्रो व्यवस्था मिलाइए पनि क्वारेन्टिनमा बस्नेहरुले दुःख दिएकाले भान्छेहरु भागेको जनाउँदै छलफल गरी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरिन्। रासस