नेपालमा काेराेना संक्रमितको सङ्ख्या १८ सय नाघ्यो

everest kitchen

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा सोमबार सांझ थप १३ जनामा काेराेना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्।

पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरूष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरूष छन्।

त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिकामा ३ बर्षिया बालिका र ५४ बर्षिया पुरुषमा काेराेना देखाएको हाे ।

आज यसअघि मात्रै २२६ जना पुष्टि भएका थिए

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ८११ पुगेको छ भने ८ जनाको मृत्यु भएको छ । हालसम्म २२१ जना निको भएका छन्।