स्वदेश फर्किनेले अनिवार्य कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने

everest kitchen

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन ।

गोरखापत्रसँग कुरा गर्दै मन्त्री यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली दूतावासको समन्वयमा य्रापिड टेस्ट (आरडीटी)मार्फत कोभिड–१९ को परीक्षणमा कोरोना नेगेटिभ देखिएकाले मात्र स्वदेश फर्किन सक्ने बताएका हुन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले तयार पारेको कार्ययोजनामा हवाई उडानबाट आउने व्यक्तिले साथमा सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको चेकजाँच विमानस्थलमा गरेपछि मात्रै स्वदेश फर्किन पाउने छन् । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको त्रिभुवन विमानस्थलमा खटिने टोलीलाई जिम्मेवारी तोकिएको छ । यो कार्यमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहयोग गर्ने समितिको निर्णयमा उल्लेख छ ।

श्रममन्त्री यादवले अति नै समस्यामा परेका झण्डै २५ हजारलाई तत्काल ल्याउने योजना सरकारको रहेको बताउँदै भन्नुभयो, ‘‘प्राथमिकताको आधारमा ल्याइने हुनाले यो सङ्ख्या बढ्न वा घट्न सक्छ, सरकारले तोकेका प्राथमिकतामा कोही पनि छुट्दैन । ’’

सङ्घ सरकारको तर्फबाट वैदेशिक रोजगारबाट फर्किएका नागरिकको पालिकासम्म व्यवस्थापन गर्ने प्रदेशगत रूपमा प्रदेश २ को संयोजकको जिम्मेवारीसमेत पाएका श्रममन्त्री यादवले प्राथमिकतामा परेकाले सम्बन्धित देशमा रहेका नेपाली दूतावासले तोकेको स्थानमा गएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको जानकारी दिए । याे खबर गाेरखापत्र दैनिकमा छ ।

याे पनि पढनुहाेस:

१३ कारण जसले स्वदेश फर्कन पाउनेछन्