गाडी रोकेर अवैध रुपमा पैसा असुल्ने ६ जना पक्राउ

everest kitchen

सप्तरी, ।  ना.४५ ख ६९७ नम्बरको बालुवा लोड गरेको ट्रक रोकेर अवैध रुपमा पैसा मागी लिएर भाग्ने ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुरुङगा नगरपालिका-३ स्थित चहाका खोलाबाट फर्कने क्रममा उनीहरुले उक्त ट्रक रोकी चालकसँग पैसा मागेको र पैसा खुल्ला छैन भन्दा १० हजार रुपैयाँ लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई ७ हजार रुपैयाँ सहित पक्राउ गरेको  प्रहरिलेे जनाएको छ  ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।