काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना

everest kitchen


काठमाडौं । काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

उपत्यकाकै भक्तपुरको चागुनारायणमा एक जना ३० बर्षिया महिला पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै परोपकार प्रसुती गृहमा धादिङकी एकजना महिलामा कोरोना देखिएकाे हाे ।

याे संगै देशभर स्वास्थ्य मन्त्रालयले २८८ जनामा काेराेना पुष्टि गरेको छ । नेपालमा हालसम्म २ हजार ९९ जना संक्रमित र ८ जनाको मृत्यु भएको छ ।