लकडाउनमै कर ताकेता गर्नु सरकारको जनताप्रति उदासीनता: काङ्ग्रेस

everest kitchen

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले लकडाउनको समय अवधिभित्रै कर बुझाउन सरकारले गरेको ताकेतालाई गैरजिम्मेवारीपनको पराकाष्ठा भनेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लकडाउनको कारण देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प छन् । सम्पूर्ण आर्थिक कारोबार बन्द रहेको छ । यस्तो विषम र असहज परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठा भएको उल्लेख गरेको छ ।

साथै काङ्ग्रेसले सरकारले श्रमिक वर्ग, किसान र बन्द भएका सानादेखि ठूला उद्योगधन्दालाई विशेष राहत प्याकेज दिनुपर्नेमा त्यसको विपरीत करकाे लागि ताकेता गर्नु सरकार जनताप्रति उदासिन देखिएको बताएको छ।

उसले यस्तो निर्णय तत्काल सच्याउन समेत माग गरेको छ ।