बिरामी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि केएमसीका सम्पूर्ण सेवाहरु बन्द

everest kitchen
photo file

काठमाडौं । काठमाडौंकाे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले आफ्ना दुई जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सम्पूर्ण सेवा स्थगित गरेको छ।

अस्पतालले आफ्ना विज्ञप्ति जारी गर्दै ‘दुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाल यस अस्पतालबाट प्रभाहरत आकस्मिक लगायतका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मको लागि स्थगित गरेकाे जानकारी गराएको हो ।

साथै अस्पतालले चारजनामध्येमा दुईजना स्वास्थ्यकर्मी र दुईजना बिरामी भएको उल्लेख गरेको छ । यसअघि मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं मेडिकल कलेजका चार जनामा संक्रमण देखिएको पुष्टि भएको बताएको थिए ।

https://youtu.be/9RdQx-04UD