कोरोना प्रकोप : मलेसियामा बुधबार ९३ जना नयाँ संक्रमित

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ९३ जना रहेकाे छ । याे गत हप्तादेखि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ । मलेसिया पछिल्लोपटक काेराेना नियन्त्रणमा केहि हदसम्म सफलतातर्फ उन्मुख रहेकाे तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ७ हजार ९७० जनामा संक्रमण रहेकाेमा ६ हजार ५३१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ८२ हजार ८०९ रहेकाे छ भने संक्रमितको सङ्ख्या ६४ लाख ६८ हजार ८६३ जनामा संक्रमण रहेकाे छ । ३० लाख ७९ हजार २५ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ८ जनाकाे मृत्यु भएकाे पुष्टि भएको छ । त्यस्तै २ हजार ९९/जनामा आधिकारिक काेराेना संक्रमण पुष्टि भएकाे छ भने २३६ जना डिस्चार्ज भएका छन ।