मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

everest kitchen

काठमाडौं ।  राेकिराखेकाे माेटरसाईकल चाेरि गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन ।काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित पार्किङ गरी राखेको बा.८१ प ४०८३ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको  अवस्थामा दिपेश गुरुङ पक्राउ परेका हुन ।

धादिङ्ग त्रिपुरा सुन्दरी गाउँपालिका-८ घर भई हाल काठमाडौं सितापाईला बस्ने २२ वर्षीय दिपेश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले गुरूङलाई उक्त मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।