असन्तुष्ट वडाअध्यक्षले मदिरा पिएर प्रहरी पोष्टमा आक्रमण गरे

everest kitchen

 

हिमाल टाईम्स संवाददाता
रुकुम पश्चिम । मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको प्रहरीको अस्थायी पोष्टमा वडाअध्यक्षसहित केहि स्थानीयहरुले तोडफोड गरेका छन ।

सोही नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतका केहि ब्यक्तिहरुले पोष्टमा गएर प्रहरीमाथी दुब्र्यवहार तथा कार्यालयका केहि सामाग्रीहरुमा तोडफोड गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । मंगलबार राति करिब ८ बजेतिर मदिरा सेवन गरेका वडाअध्यक्ष केसीसहितको टाेलिले उक्त घटना घटाएको हो ।

घटनापछि आरोपितहरु फरार रहेका छन भने पक्राउ गर्न थप प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

एक स्थानीयका अनुसार केहि दिन अघि वडा अध्यक्ष केसी लगायतले मध्यपहाडि लोकमार्गको उक्त सडकमा लकडाउनको उलंघन गरि वडा नम्बर १४ हुदै वडा नम्बर १३ तिर आएका केहि सवारीसाधन र युवाहरुलाई प्रहरीमा बुझाएको र प्रहरीले उनीहरूलाई कारबाही गर्नुको साटो त्यसै छोडेको भन्दै केसी असन्तुष्ट रहेको बताएको छ ।