घरमा आगलागी हुदा आमा छोरीको मृत्यु

everest kitchen

सुनसरी । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा आमा र छोरी रहेको छिमेकी खगेन्द्र खापुङ लिम्बूले नयाँअनलाइनलाई जानकारी दिएका छन् । बोल्न नसक्ने छोरीलाई जोगाउन आमा भित्र पस्दा आगलागीमा जलेर मृत्यु भएको हो ।

प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिइसकेका छन् ।nayaonline.com