प्रहरी पोष्ट तोडफोड गर्ने वडाअध्यक्ष केसी बिरुद्ध १० दिन म्याद थप

everest kitchen


रुकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसी प्रहरी पोष्ट तोडफोड गरेको आरोपमा पक्राउ परेका छन ।

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलका अनुसार प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको शिर्षकमा उहाँविरुद्ध मुद्दा दर्ता भएको छ।’ र उनलाई थप दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको बताएको छ ।

मंगलबार राति करिब ८ बजेतिर मदिरा सेवन गरेका वडाअध्यक्ष केसीसहितको टाेलिले मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको प्रहरीको अस्थायी पोष्टमा तोडफोड गरेका थिए ।

स्थानीयका अनुसार केहि दिन अघि वडा अध्यक्ष केसी लगायतले मध्यपहाडि लोकमार्गको उक्त सडकमा लकडाउनको उलंघन गरि वडा नम्बर १४ हुदै वडा नम्बर १३ तिर आएका केहि सवारीसाधन र युवाहरुलाई प्रहरीमा बुझाएको र प्रहरीले उनीहरूलाई कारबाही गर्नुको साटो त्यसै छोडेको भन्ने निहुँमा मदिरा सेवन गरेर अध्यक्ष केसीसहितको टोलीले पोष्ट तोडफोड गरेको बताएका छन ।