कोरोना : मलेसियामा संक्रमित थपिए, बिहीबार थप २ सय ७७ जना संक्रमित

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २७७ जना रहेकाे छ । याे नयाँ संक्रमितको सङ्ख्या केहि दिन यताकै धेरै हो । गत हप्तादेखि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११५ रहेकाे छ । ८ हजार २४७ जनामा संक्रमण रहेकाेमा ६ हजार ५५९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ८८ हजार ३५३ रहेकाे छ भने संक्रमितको सङ्ख्या ६५ लाख ९१ हजार ३८२ जनामा संक्रमण रहेकाे छ । ३१ लाख ८३ हजार ७०१ जनाले स्वास्थ्य लाभ गरेका छन ।