नेपालमा काेराेना संक्रमितको सङ्ख्या २६ सय नाघ्याे, १० जनाको मृत्यु

everest kitchen
  • काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा गएको २४ घण्टामा थप ३३४ जनामा काेराेना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका १, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषा ६, महोत्तरीका ३, रौतहटका ६४, सर्लाहीका ३ जना रहेका छन ।

हाल सम्म प्राप्त विवरण अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकोे बताएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ भने १० जनाको मृत्यु भएको छ । २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको हाे ।