मलेसियामा ९ जना नेपालीलाई एनआरएन मलेसियाको खाद्यान्न सहयोग

everest kitchen


क्वालालम्पुर । एनआरएन मलेसिया खाद्यान्न अभाव भएका ९ जजा श्रमिकलाई खाद्यान्न उपलब्ध गराएको छ ।

कोरोना भाइरसका कारण गत मार्च १८ देखि मलेसिया सरकारले लागू गरेको आवागमन नियन्त्रण आदेश र कोरोना प्रभावले राेजगार बिहिन भएका ९ जनालाई संघले खाद्यान्न सहयोग गरेको जनाएको छ ।

राजधानी क्वालालम्पुरको बुकिट बिन्ताङ स्थित पेबिलेण्ड होटेलमा कार्यरत उनीहरूलाई होटलले तलब नदिएपछि खाद्यान्न अभाव भएको हो ।

मलेसियामा काेराेना प्रभावले खाद्यान्न लगायत बिभिन्न समस्यामा रहेका नेपालीलाई एनआरएन मलेसियाले निरन्तर सहयोग गरिरहेको छ ।