लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गर्न उच्चस्तरीय समितिलाई जिम्मा

everest kitchen
photo file

काठमाडौं । लकडाउनको मोडालिटीबारे कार्ययोजना तयार गरेर ल्याउन कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सरकारले निर्देशन दिएको को छ ।

बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफलपछि यस्तो निर्देशन दिएको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको जानकारी दिए।

उनका अनुसार समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटीको कार्ययोजना पास गर्ने बताए ।