सालकको खपडासहित ३ जना पक्राउ

everest kitchen
photo : file

मकवानपु ।  मनहरी गाउँपालिका-७ स्थितबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका-७ बस्ने बस्ने ३९ वर्षीय अबमिकल घलान र चितवन राप्ती नगरपालिका-७ बस्ने ५५ वर्षीय बधुवा चौधरी रहेका छन् । उक्त स्थानमा सालकको खपडा कारोवार भइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ तीनै जनालाई बरामद सालकको खपडा सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।