मापसे सेवन गरेर प्रहरीमाथि ढुंगामुढा गर्ने बाबुछोरा पक्राउ

everest kitchen

दाङ । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बवई गाउँपालिका-६ पञ्चकुले बस्ने ४५ वर्षीय चित्र बहादुर डाँगी र उनकै छोरा २७ वर्षीय हेम राज डाँगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति साढे १० बजे बाबुछोरा मापसे गरी होहोल्ला गर्दै आएका बेला प्रहरी निरीक्षक मोहन बिक्रम केसीले सम्झाउन खोज्दा केसीमाथि ढुङ्गा हानेपछि केसी घाइते भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ।

प्रहरीमाथि ढुङगा प्रहार गर्ने ती बाबुछोरालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।