कोरोना : मलेसियामा मर्नेको सङ्ख्या १ सय १६ पुग्यो, थप १९ नयाँ संक्रमित

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १६ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ८ हजार २६६ जनामा संक्रमण देखिएकाेमा ६ हजार ६१० जनाले स्वास्थ्य लाभ गरेका छन । शुक्रबार थप १९ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म मलेसियामा ८१ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेको पुष्टि भएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ३ लाख ९३ हजार ५३६ रहेकाे छ भने संक्रमितको सङ्ख्या ६७ लाख २०”हजार १२४ जनामा संक्रमण रहेकाे छ । ३२ लाख ६३ हजार ९३२ जनाले स्वास्थ्य लाभ गरेका छन ।