अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौं स्थित एक होटलको क्वारेन्टाइन

everest kitchen


काठमाडौं। भारतको मुम्बइबाट स्वदेश आएकी अभिनेत्री मनिषा कोइराला परिवारसहित काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन् ।

हवाई मार्ग बन्द भएको बेला स्थलमार्ग हुदै मनिषा परिवारसहित रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गरेकी हुन । त्यहाँबाट उनलाई नेपाली सेनाले स्कटिङ गरेर काठमाडौं पुय्राएको स्राेतले बताएको छ । मनिषा र उनका मातापिता होटलमा १४ दिने क्वारेन्टाइन अवधि पूरा गरेर घर जानेछन् ।

कोरोना भाइरस महामारीको जोखिम कम गर्न भारतमा पनि लकडाउन गरिएपछि उनी परिवार सहित मुम्बई स्थित घरमा क्वारेन्टाइन बसेकी थिइन् ।

नेपाल -भारत कालापानी , लिपुलेक सिमा विवाद बारे नेपालको पक्षमा बोलेपछि भारतमा उनको चर्काे आलोचना भएको थियो भने नेपालमा स्वागत भएको थियो ।