रगत अभाव हुन नदिन पर्साको छिपहरमाईमा ३३ जनाले गरे रक्तदान

everest kitchen

राजन कुमार बानियाँ
पोखरिया । पर्साको छिपहरमाई गाउंपालिका वार्ड नं ५ भिस्वा मा अाज रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।रक्तदान कार्यक्रम मा ३३ जना ले रक्तदान गरेका हुन ।

छिपहरमाई गाउँपालिका को सहयोग र युवा समाज भिस्वा को अायोजना र रक्तसंचार केन्द्र बिरगंज को प्राबिधिक सहयोग मा आकस्मिक रक्तदान कार्यक्रम समपन भएको रक्तदान कार्यक्रम मा ३३ जना ले रक्तदान गरेको
युवा समाज भिस्वा को अध्यक्ष मनोज पटेल ले जानकारी दिएका छन् ।

रक्तदान कार्यक्रममा अनिस गुरुङ , दिपक कुमार गुप्ता ,शिधार्थ,रामपुकार कुमार, आदित्य कुमार शाह,राजेश शाह, चन्दन शाह,राजु पंडित, सन्तोष कुमार ठाकुर,राजा हुसेनले रक्तदान गरेका हुन ।

त्यस्तै सोही कार्यक्रममा बिक्की चौरसिया,बलिराम साह,संदिप साह कानु,अशोक कुमार,सुजीत पटेल, रुपेश ठाकुर,प्रदिप कुशवाहा,नाजिर अंसारी ,नुरहोदा मियाँ ,प्रेमसागर पंडित,मनिलाल साह,दिनेश महतो,बिराज साह,प्रदिप चौरसियाले पनि रक्तदान गरेका छन ।

रक्तदान जीवन दान भन्ने नारा को साथै रक्तदान गर्ने हरु लाई युवा समाज का अध्यक्ष पटेल ले रक्तदाता हरु लाई धन्यवाद दिदै प्रमाण पत्र समेत बितरण गरेका थिए ।

कार्यक्रममा रक्तसंचार केन्द्रका प्रमुख सौरभ कुमार पाण्डे , सशस्त्र प्रहरी बल बोर्डरअाउट पोष्ट भिस्वाका सशस्त्र प्रहरी निरिक्षक हरि पराजुली, भिस्वा प्रहरी चौकीका प्रहरी नायब निरिक्षक प्रेम खतरी, रक्तसंचार केन्द्र प्राबिधिक सुजित पटेल,संदिप कुशवाहा प्रदिप चौरसिया लगायतको सहभागिता रहेको थियोे ।