समयको माग: रमेशचन्द्र घिमिरे

everest kitchen
रमेशचन्द्र घिमिरे

लघुकथा : समयको माग
– रमेशचन्द्र घिमिरे

गाउँमा स्कुल खोल्ने भनेर हजुरबाहरूले भैँसी बेचेर चन्दा हाले ।

काकाहरूले किताब बोक्ने झोलामा खोलाका बालुवा ल्याए अनि स्कुलमा गारो लगाउन मद्दत गरे ।

सरहरूले साह्रै नै कर गरेपछि खाजा ख्वाउने सर्तमा ठूल्दाइहरूले वनबाट काठ-फलिका ओसारे अनि स्कुलमा झ्याल-ढोका बनाए ।

ज-जसले जे सके त्यही गरे अनि स्कुलले आकार लिन पुग्यो ।

भाइहरूले चाहिँ `सरहरूले कोठामा पङ्खा पनि नराख्दिएका´ भनेर आन्दोलन गरे अनि कक्षाकोठामा ताला लगाएर हेडसरलाई घेर्न पुगे ।

– भोर्लेटार, लमजुङ
(२०७७/०२/२२)