ब्राउनसुगर सहित दाङमा एकजना पक्राउ

everest kitchen

दाङ, । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ४ सय ५० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय शंकर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले नेपालगञ्जदेखि तुलसीपुरतर्फ जाँदै गरेको उद्योग बाणिज्य संघ तुलसीपुर दाङबाट संचालित रा.१ च ३८९ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा एम्बुलेन्समा सवारमध्ये शंकर पुन नक्कली बिरामी रहेको खुल्न आएपश्चात प्रहरीले उनलाई तलासी गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको प्रहरीले जनाएको  हो ।

साथै सोही एम्बुलेन्सका चालक तथा एम्बुलेन्समा सवार १ जना १८ वर्षीया किशोरीलाई समेत प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको  छ ।