समाज परिवर्तन नेपालको सामुहिक रक्तदान, ६२ जनाले गरे रक्तदान

everest kitchen

बिरगंज । समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा १ महिला सहित ६१ जनाले रक्तदान गरेका छन । संस्थाका अध्यक्ष अकलेश साहले रक्तदान गरि शुभारम्भ गरेको रक्तदान कार्यक्रममा जगरनाथ प्रसाद कलवार,दिपेन्द्र साह, रोशन सर्राफ, राहुल साह, शम्भु साह, रंजित चौरसिया, धर्मेन्द्र पटेल,रुपेश साह,सृजना दहाल लगायतकाले रक्तदान गरेको अध्यक्ष साहले जानकारी दिए ।

कार्यक्रममा नेकपा पर्साका अध्यक्ष शम्भु हजरा, जिल्ला सदस्य शम्भु गुप्ता,ब्लड डोर्नस एशोसियएसन पर्साका सहसचिव उमेश गुप्ता,नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी, वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी ,वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, बिद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, युवा नेता बाबुनन्द पटेल,रविन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष अकलेश साहले छोटो समयमै संस्थाले बिभिन्न समाजिक कार्य मार्फत जनताको सेवा गरिरहदा खुसि लागेको बताए । उनले तिन महिना अगाडि मात्र संस्थाले वीरगंज २३ प्रसौनी बिर्तामा वृहत रक्तदान
कार्यक्रम , शितलहरमा वीरगंजमा विभिन्न वडाहरुमा कम्बल बितरण , काेराेना प्रभावमा परेकालाई खाद्यान्न राहत उपलब्ध तथा चेतनामूलक कार्यक्रम गरेका थिए ।

उक्त संस्थाले निरन्तर हरेक बर्ष कम्तिमा ३ पल्ट रक्तदान कार्यक्रम आयोजना गरि रक्तदान गर्ने अध्यक्ष साहले जानकारी दिए ।