कोरोना पोजेटिभ देखिएका मृतकहरुमा दम र मृगौलाको समस्या थियो

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषकाे जेठ २१ गते मृत्यु भएको हो । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका उनलाई १८ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो। दम रोगले समेत पिडित रहेका उनको निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ आएको हाे ।

त्यस्तै मिर्गौलाको समस्या भएकी ५५ वर्षिय महिलाको धनगढीको सेती अस्पतालमा डायलासीस गराउँदै गर्दा शुक्रबार मृत्यु भएको र उनको पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए।