छुट्टाछुट्टै सडक दुर्घटनामा दुई साइकल यात्रीको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । देशभर छुट्टाछुट्टै सडक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

 रुपन्देही, तिलोत्तमा नगरपालिका-३ बस्ने ४० वर्षीय धन बहादुर आलेको साइकलबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको  छ । सोही वडास्थित पन्ध्रबिगाहा भन्ने ठाउँमा साइकलबाट लडेर गम्भीर घाइते भएका आलेको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ  ।

त्यस्तै मोरङ, बुढीगंगा गाँउपालिका-३ स्थित गोकुवा चोकमा को.२ च २८८२ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री सुनसरी बर्जु गाउँपालिका-६ बस्ने मनोज कुमार माझीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका माझीको बिराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।