मलेसिया कोरोनाको नयाँ चरणमा: आवागमन नियन्त्रण आदेश झनै खुकुलो

everest kitchen


क्वालालम्पुर । मलेसियामा शसर्त आवागमन नियन्त्रण आादेशलाई खारेज गर्दै सुधारिएकाे आवागमन नियन्त्रण आदेश सुरू हुने भएकाे छ ।

यसअघि जुन १० सम्म लागि गरिएकाे सिएमसिओकाे ठाउमा जुन १० देखि अगष्ट ३१ सम्म आरएमसिओ अर्थात सुधारिएकाे आवागमन नियन्त्रण आदेश लागू हुनेछ ।

मलेसियाका प्रधानमन्त्री तानश्री मुयाद्दीन यासिनले टेलिभिजनमा बिशेष सम्बोधन गर्दै आरएमसीओ जुन ३१ सम्म लागु गरेको घोषणा गरेका हुन ।

आरएमसिओ लागु भएपछि मलेसियामा कोरोना प्रकोपको नयाँ चरणमा प्रवेश गरेको बताएको छ । यस चरणमा देश भित्रका यात्रालाई अनुमति दिइनेछ भने हाल पनि लागु गरिएका ईएमसिओ अन्तर्गतका क्षेत्रहरू बाहेकका मानिसहरु निश्चित मापदण्डमा रहेर आफन्त भेटघाट गर्न एक राज्यबाट अर्को राज्यमा सहज तरिकाले जान पाउनेछन् ।

प्रधानमन्त्रीले मुयाद्दीनका अनुसार रिफ्लेक्सोलजी केन्द्र, नाइटक्लब, थिम पार्क र कराओके केन्द्रका साथै ठूला जमघट हुने स्थानहरूलाई भने अझै पनि आरएमसीओको बखत पनि प्रतिबन्धित रहनेछन् । अन्य क्षेत्र भने लगभग खुल्ला जस्तै हुनेछन् ।