मलेसियामा कोरोना प्रकाेप घट्दाे, आज जम्मा ७ जना मात्र संक्रमित

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११७ रहेकाे छ । ८ हजार ३२७ जनामा संक्रमण रहेकाेमा ६ हजार ६९४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो तुलनात्मक रुपमा राम्रो सुधार मान्नसकिन्छ ।

त्यस्तै मलेसियामा हालसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ६ हजार ४५४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ७१ लाख ७ हजार ९८८ जनामा संक्रमण रहेकाे छ । ३४ लाख ६७ हजार ९३९ जनाले स्वास्थ्य लाभ गरेका छन ।