विभिन्न  जिल्लामा ५ जना मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने ६० वर्षीय प्रेम हरिजन आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, मायादेवी गाउँपालिका-६ बस्ने ४६ वर्षीया झिनकी धोबी सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन् । उनी आफ्नै घरबाट करिब ५ सय मिटर पर खेतमा मृत फेला परेकी हुन् ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-२ लावा खोलास्थित बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका-२६ ढोलाहिटीस्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।