कोरोना महामारीमा संघको ६ अर्ब ३ करोड, प्रदेश र स्थानीयको करिब ४ अर्ब खर्च

everest kitchen

काठमाडौ । स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण तथा रोकथाम गर्दा हालसम्मको खर्च बिबरण संसदमा पेस गरेका छन ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले कोरोना नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट भएको खर्चको विवरण प्रस्तुत गरेका हुन्।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएको खर्चमध्ये २ अर्ब ७६ करोड स्थानीय तहबाट, प्रदेशको तर्फबाट १ अर्ब ८ करोड र संघको तर्फबाट ६ सय ३ करोड खर्च भएको मन्त्री ढकालले उल्लेख गरे । यधपी स्थानीय तहको हकमा भने प्रस्तुत तथ्यांक ६ सय ४१ वटा पालिकाको मात्रै भएको बताए । बाँकी यसमा नजाेडिएकाे उनले स्पष्ट पारे ।

संघले गरेको ६ अर्ब ३ करोडमध्ये सिसिएमसी, स्वास्थ्य मन्त्रालय र कोरोना सम्बन्धित अन्य कार्यमा खर्च भएको उनले उल्लेख गरे ।

साथै सोही खर्च भित्र स्वास्थ्य सामाग्री खरिद, संक्रमितको कन्ट्याक्ट ट्रेसिङका लागि जानुपर्ने भएकाले त्यसक्रमको यातायात खर्च, संक्रमितलाई अस्पताल ल्याउने लगायत काममा हुने खर्च पनि समावेश भएको उनलेे बताए।