चितवनका कोरोना संक्रमित मृतकलाई ज्वरो, निमोनिया र सुगरको समस्या थियो

everest kitchen

काठमाडौ । नेपालमा कोरोना संक्रमित  थप एकको मृत्यु भएको छ । चितवन भरतपुर नगरपालिका–११ का एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले थप एकजनाको मृत्यु भएसंगै  मृत्यु हुनेको संख्या १५ पुगेको बताए ।

उनका  अनुसार उनी ज्वरो, निमोनिया र सुगरको बिरामी थिए । उनको सोमबार सांझ कोरोना पोजेटिभ आएको थियो भने मंगलबार बिहान उनलाई मृत घोषणा गरिएको थियोे  ।

आजमात्रै नेपालमा ३२३ जना नयाँ संक्रमित थपिएका छन भने संक्रमित ४ हजार ८६ पुगेका छन । हालसम्म नेपालमा ५८४ जना डिस्चार्ज भएका छन ।