आगामी आर्थिक बर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

everest kitchen


काठमाडौं । आगामी आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको उक्त बजेट बुधबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित गरेको हो । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गर्न प्रस्तुत प्रस्तावमा नेकपाका सांसदहरूले विधेयकको पक्षमा र प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत प्रकट गरेका थिए ।

प्रतिनिधिसभाबाट पारित भएको उक्त बजेटमाथि राष्ट्रिय सभामा छलफल हुने र राष्ट्रिय सभाबाट पनि बजेट पारित भएपछि सरकारलाई खर्च गर्न बाटो खुल्ने कानुनी प्रावधान रहेको छ ।