गाडीभित्र राखेर किशोरीलाई जबर्जस्ती करणी

everest kitchen
सांकेतिक तस्बिर

नुवाकोट, । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगामा शिवपुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय जीवन श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका-८ अम्मोटेमा प्रदेश ३-०१०००३ क ५८९७ नम्बरको आइचर गाडीमा राखेर ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट छहरेबाट खटिएको प्रहरीले जिवनलाई पक्राउ गरेको प्रहरिलेे जनााएकोछ ।

यस घटना  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको  छ ।