मलेसियाबाट नेपाल फर्कन भाडा मात्र झन्डै ६३ हजार रुपैयाँ, अन्य खर्च छुट्टै

everest kitchen


काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना अनुरुप उडान तालिका तथा भाडा दर कायम गरेको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको स्राेतले जानकारी दिएको छ । स्राेतका अनुसार करिब ३० वटा मुलुकबाट नेपालीहरु फर्काइने तयारी रहेको छ । ती देशहरुबाट पहिलोचरणमा परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। जसमध्ये सबैभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय रहेका छन् ।

मलेसियाबाट स्वदेश फर्कन चाहाने नेपालीले आरएम २ हजार २२० झन्डै ६३ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यसबाहेक नेपालमा लाग्ने होटल क्वारेन्टाइन खर्च स्वयंले व्यहोर्नुपर्ने छ । मलेसियामा गरिने परिक्षण पनि स्वयं आफ्नै खर्चले गर्नुपर्ने छ ।

यस्तै अन्य देशहरूमा पनि सरकारले गन्तव्यको आधारमा भाडादर निर्धारण गरेकोले सरकारले निर्धारण गरेको भाडादर भन्दा कुनैपनि एयरलाइन्सहरूले आफुखुसि भाडा लिन नपाउने सरकारले स्पष्ट पारेको छ ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तालिका अनुसार विभिन्न देशमा हुने उडान तालिका यस्तो छ :

–जेठ २९ मा कुवेतमा (२ उडान),

— जेठ ३२ मा बंगलादेश,

–असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर/कम्बोडिया, ओमन,

–असार २ मा दुबई, कतार, कुवेत, श्रीलंका (कम्बोडिया)/ माल्दिभ्स,

— असार ३ मा बैंकक, बहराइन, बंगलादेश, कतार, संयुक्त राज्य अमेरिका

–असार ४ मा साउदी(रियाद), दुबइ, मलेसिया, ओमन

–असार ५ मा जापान(नारिता), कुवेत, साउदी अरब, नाइजेरिया

–असार ६ मा साइप्रस, मलेसिया, कतार,आबुधाबी (संयुक्त अरब इमिरेट्स), बंगलादेश, युरोपियन युनियन

–असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया

–असार ८ मा अष्ट्रेलिया, बैंकक, पाकिस्तान, कतार

–असार ९ मा जापान (नारिता), माल्दिभ्स, आबुधाबी, युगान्डा

–असार १० मा साउदी अरब, कुवेत

–असार ११ मा संयुक्त राज्य अमेरिका, साइप्रस/इजरायल

यी उल्लेखित देशहरूमा चार्टर उडान गर्दा सरकारले नेपाल वायुसेवा , केहि निजी तथा केहि विदेशी एयरलाइन्सहरु प्रयोग गरिने बताएको छ ।

नेपाल फर्किने नेपालीहरुको व्यवस्थापन सम्बन्धित देशका नियोगहरुले गर्नेछन् भने सम्बन्धित देशमा रहेका राजदुतावास तथा नियोगहरुमा फर्कन चाहने नेपालीहरुले सम्पर्क गर्नुपर्ने छ ।

स्वदेश फर्कन चाहानेहरुले अनिवार्य कोरोना परिक्षणको रिपोर्ट सम्बन्धित राजदुतावासमा विभिन्न तोकेको माध्यमबाट अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

नेपाली राजदुतावास मलेसियाको सुचना