कुवेतबाट १५८ महिला कामदारसहित पहिलो चार्टर उडान नेपाल उड्यो

everest kitchen

 

photo: Bimal rana

काठमाडौं । सरकारको तालिकाअनुसार कुवेतबाट पहिलो विमान चार्टर उडान भएको छ । कुवेत कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समय अनुसार बिहान ६ बजे नेपाल उडान भरेको हो ।

कुवेतमा घरेलुु कामदारको रुपमा रहेका १५८ महिला यात्रुसहित जजीराको विमान नेपाल उडेको हाे । कुवेत सरकारले आफ्नै खर्चमा ती महिला कामदारहरुलाइ स्वदेश फर्काएको हो ।

कुवेतले त्यहाँ रहेका अबैधानिक आप्रवासीहरुलाई आम माफी दिएपछि करिब ३ हजार नेपाली घर फर्कन तयारीमा रहेको बताएको छ ।

कुवेत सरकारले बिना जरिवाना स्वदेश फर्काउन भन्दै अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा चार्टर विमानमार्फत नेपाल पठाउन नेपाल सरकार समक्ष प्रस्ताव राखेको थियो । सो अनुरुप पहिलो चरणको उडान बिहीबार भएको हो ।

साथै द‍ोस्रो उडानमा १४९ जनाले पनि लगत्तै यात्रा गर्दै छन ।