लकडाउनको मोडालिटि : यी क्षेत्र बन्द र खुला रहनेछन्

everest kitchen


काठमाडौं । सरकारले लकडाउनको मोडालिटि तयार गर्दै देशभर लकडाउन खुकुलो पारेको छ । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको हो ।

यस्तै सरकारले एसईई परिक्षा रद्ध गरेको छ भने कक्षा ११/१२ लगायतका परिक्षा भने उपयुक्त समयमा गर्ने निर्णय गरेको छ । एसईईमा केहि मापदण्ड बनाएर जाने सरकारले तयारी थालेको बताएको छ ।

मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासनको मूल्यांकनअनुसार पसल व्यवसाय सञ्चालन गर्न सकिने भएको छ ।

लकडाउन खुकुलो पारिएसंगै निम्न क्षेत्र बन्द र खुला रहनेछन् :

खुला रहने :
१. स्वास्थ्यसम्बन्धी सबै सेवा
२. औषधि , खाद्य तथा पेय पदार्थ , तरकारी फलफूल ,
दुग्ध पदार्थ , अन्डा , माछा , मासु , खानेपानीको
उत्पादन , बिक्रीवितरण तथा दुवानी

३. पेट्रोलियम पदार्थको दुवानी , बिक्रीवितरण र
फोहोरमैला व्यवस्थापन
४. विद्युत , दमकल , एम्बुलेन्स , सञ्चार तथा प्रसारण ,
हुलाक
५. बैंक तथा वित्तीय संस्था , सहकारी र बिमा सेवा
६. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य ७. कृषि बीउबिजन , रासायनिक मल , कृषि औजार र
शीतभण्डारसम्बन्धी सेवा वा कार्य
८. उत्पादनशील उद्योग , निर्माण सामग्रीसम्बन्धी उद्योग
व्यवसाय
९ . विकास आयोजना ( निजी क्षेत्रबाट समेत प्रवर्द्धित ) १०. निर्माण कार्य ( निजीसमेत )
११. नदी तथा खानीजन्य पदार्थ , उत्खनन , संकलन ,
दुवानी र बिक्रीवितरण
१२. रेस्टुरेन्टबाट हुने प्याकिड तथा टेक अवे सेवा
१३. क्वारेन्टाइन तोकिएको होटल र बिजुलीका सामान
बिक्री तथा मर्मत
१४. विद्युतीय उपकरण , मेसिनरी र सवारीसाधनको मर्मत
गर्ने वर्कसप
१५. पुस्तक पसल तथा स्टेसनरी र सबै प्रकारका दुवानी
सेवा
१६. अत्यावश्यक सेवाका सबै कार्यालय
१६. अन्य सरकारी कार्यालय , गैरसरकारी तथा निजी
क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था ( ५०
प्रतिशत कर्मचारी रहने गरी )

बन्द रहने:
१. शैक्षिक संस्था ( स्कुल , कलेज , ट्युसन सेन्टर , तालिम
केन्द्र )
२. सपिङ मल , डिपार्टमेन्ट स्टोर ( खाद्य पदार्थबाहेक )
३. सिनेमा हल , पार्टी प्यालेस , डान्स बार र सबै प्रकारका
मनोरञ्जन स्थल
४. अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक
उडान
५ तोकिएका बाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने
आवतजावत
६. सबै प्रकारका महोत्सव , जात्रा , मेला , सभा , सम्मेलन र
प्रदर्शन
७. २५ जनाभन्दा बढी सहभागी हुने बैठक , गोष्ठी , तालिम
र सेमिनार
८. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९ . व्यावसायिक रुपमा सञ्चालित स्विमिङ पुल ,
जिमखाना , साउना , स्टिमलगायत हेल्थ क्लब , मसाज
सेन्टर , सैलुन , ब्युटिपार्लर
१०. समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति