कञ्चनपुर र नवलपरासीमा बालिका र किशोरी जबर्जस्ती करणीको शिकार

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । नवलपरासी(पूर्व), ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका-१० बस्ने २८ वर्षीय ईन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्रहरीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बेल्डियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । आरोपितलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको बताएको छ ।

त्यस्तै कञ्चनपुरमा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।
कञ्चनपुर बेलौरी नगरपालिका-७ पौलाह बस्ने २५ वर्षीय बिरु चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले बुधबार राति ती १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।