किराना पसलबाटै पेट्रोलमा कालोबजारी

everest kitchen

 स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३ वर्षीया बिष्णुमाया शर्मा र सोही नगरपालिका-१० राङखोला बस्ने ३५ वर्षीय चन्द्र बहादुर गुरूङ रहेका छन् ।
उक्त स्थानका पसलहरूबाट तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुले संचालन गरेको पसलमा १ लिटरको खाली बोतल र जर्किनमा पेट्रोल भरेर अनुचित नाफा लिई बढी मूल्यमा बिक्री गरेको फेला पारेको प्रहरिलेे जनाएको  छ ।

साथै गौरव प्रधानको प्रधान किराना पसलबाट १ लिटर दरका भरिएको १९ बोतल पेट्रोल, बिष्णुमाया शर्माको शर्मा किराना पसलबाट १ लिटर दरका भरिएको ९ बोतल पेट्रोल साथै १० लिटरको जर्किनमा भरिएको पेट्रोल १ थान र चन्द्र बहादुर गुरूङको आशिस किराना पसलबाट १ लिटर दरका भरी १४ बोत्तल पेट्रोल प्रहरीले बरामद गरेको छ ।

उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्धामा म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।