कोरोना : मलेसियामा थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १ सय १९ पुग्यो

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १९ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १९ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ८ हजार ४०२ जनामा संक्रमण देखिएकाेमा ७ हजार १६८ जनाले स्वास्थ्य लाभ गरेका छन । शुक्रबार थप ३३ जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ८० जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने २२ जनाले स्वास्थ्य लाभ गरि सकेकाे पुष्टि भएको छ । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख २४ हजार २२८ रहेकाे छ भने संक्रमितको सङ्ख्या ७६ लाख १६ हजार ६३० जनामा संक्रमण रहेकाे छ । ३८ लाख ५४ हजार ९६८ जनाले स्वास्थ्य लाभ गरेका छन ।